माधव नेपालको प्रष्टोक्ति: एमालेका २३ सांसदको समर्थन देउवालाई कायमै छ !


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासबाट फैसला आउने दिन भनिएको आन विहान आफ्नो धारणा राख्दै नेता नेपालले सर्बोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दावी गरे ।

एमाले आन्तरिक एकताका लागि गठित कार्यदलले १० बूँदे सहमतिमा हस्ताक्षर गरे पनि त्यसप्रति नेपालले असन्तुष्टि जनाएका थिए ।

कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सन्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको जानकारी दिएका थिए ।

नेपालको स्टाटस जस्ताको त्यस्तै :

Nabintech