• १३ बैशाख २०८१, बिहीबार
जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, राजपा र समाजवादी पार्टी कायम गर्न माग


काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भदेखिनै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रलेले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप,सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ ।

राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको लगायतका विभिन्न जिकिर रिटमा गरिएको छ । रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ ।

Nabintech