• १३ बैशाख २०८१, बिहीबार
विपक्षी दलको आक्रोश: दलहरुलाई जानकारी नै नगराई किन निर्वाचन कार्यतालिका सार्वजनिक गरियो ?


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको छ ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नासाथ विपक्षी राजनीतिक दल आक्रोशित बनेका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला निर्वाचन कार्यतालिका सार्वजनिक गरेर आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारका रुपमा काम गरेको विपक्षी नेताको आरोप छ ।

सोमबार निर्वाचन आयोगले निर्वाचन कार्यतालिका घोषणा गरेलगत्तै  विपक्षी दलका नेताहरु आयोगको निर्णयप्रति आक्रोशित भएका छन् । सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित बनाउन कार्यतालिका सार्वजनिक गरिएको उनीहरुले आरोप लगाएका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका:

निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ ।

सोही दिन दल दर्ताका लागि सूचना प्रकाशन गरिनेछ ।

दल दर्ता साउन १५ सम्म गरिसक्नुपर्ने छ ।

आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ ।

पहिलो चरणको निर्वाचन कात्तिक २६ गते सम्पन्न हुनेछ । दोस्रो चरणको मतदान मंसिर ३ गते हुनेछ ।

Nabintech