• ११ बैशाख २०८१, मंगलवार
‘सत्तामा टिकिरहन अझै पनि ओलीले षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा छ’:प्रचण्ड


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी गर्नुभएको छ ।

सोमबार विपक्षी गठबन्धनले विभिन्न पेशागत बुद्धिजिवीहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो ।

तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपी संसद पुर्नस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उहाँले बताउनुभयो । पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै अध्यक्ष प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गर्नुभयो ।

Nabintech