• १३ बैशाख २०८१, बिहीबार
गठबन्धन सरकारबाट आफु प्रधानमन्त्री भए सवै नागरिकलाई निशुल्क कोराना खोप लगाउछु: देउवा


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गररिहेको बताउनुभएको छ ।

सोमबार विपक्षि गठबन्धनले बुद्धिजिवीहरूसंग आयोजना गरेको छलफलमा सभापति देउवाले अहिलेको परिस्थितिमा जनताको जिवनरक्षा नै पहिलो प्राथमिकता भएकाले गठवन्धनको सरकार बन्ने वित्तिकै सवै नेपाली नागरिकलाई निशुल्क कोरोना खोप लगाइने बताउनुभएको छ । सभापति देउवाल राष्ट्रपति विद्यादेवी भढडारीले राष्ट्रपति संस्थाको गरिमा राख्न नसकेको बताउनुभएको छ ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताउनभुभएको हो । संसदको रक्षा गर्नका लागि संविधानको ७६ को उपधारा ५ को धारा राखिएता पनि त्यसलाई मिचेर राष्ट्रपतिले प्रधानमन्त्रीको दावी अस्विकार गरेको टिप्पणी गर्नुभयो ।

‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो । यसले राष्ट्रपतिको गरिमा रहेन’ देउवाको भनाइ छ ।

 

Nabintech