• ७ बैशाख २०८१, शुक्रबार
देउवाको इच्छा:’पार्टीको साख पुरानो अवस्थामा ल्याउन आफू दोस्रो पटक सभापतिमा उठ्छु’

निधिलाई मिलाउन देउवानिकट नेताको दवाव



काठमाडौं।आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसंगै दोस्रोपटक सभापतिमा उठ्ने आकांक्षा बनाउनुभएका सभापति शेरबहादुर देउवाले आफुनिटका नेतासंग छलफल सुरु गर्नुभएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको साख पुरानो अवस्थामा ल्याउन आफू फेरि सभापतिमा उठ्न लागेको आफु निकटका नेताहरुलाई बताउनुभएको छ । तर सभापति देउवालाई संस्थापन इतर भन्दा पनि आफ्नै गुटका नेता निर्वतमान उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा आकांक्षा राख्दा देउवा अप्ठेरोमा पर्नुभएको छ । देउवाले पार्टीको साख पुरानो अवस्थामा ल्याउन आफू फेरि सभापतिमा उठ्न लागेको बताउनुभएको छ ।

आइतबार आफूपक्षीय बागमती र गण्डकी प्रदेशका केन्द्रीय नेताहरुलाई डाकेर देउवाले १४औं महाधिवेशनमा सहयोगको आग्रह गर्नुभयो । पार्टीको पूर्ववत् साख फर्काउन देशको तरल राजनीतिलाई ट्र्याकमा ल्याउन आफ्नो उम्मेदवारी हुने देउवाले बताउनुभएको छ ।देशमा प्रणाली फेर्न र संकटबाट पार लगाउन कांग्रेसको निर्णायक भूमिका रहेको स्मरण गर्दै देउवाले त्यो भूमिका आफ्नो नेतृत्वमा सम्भव हुने दावी गरेको देउवानिकट नेता मिन विश्वकर्माको भनाइ छ । तर देउवाकै खास मानिनुभएका उपसभापति विमलेन्द्र

निधिले नै देउवाकै समूहबाट सभापतिमा आफू चुनाव लड्ने भन्दै चुनौती गरीसकेको अवस्थामा देउवा आफ्नै समूहबाट अप्ठेरोमा पर्नुभएको छ ।निधि पनि सभापतिमा उठे देउवा पराजित हुने जोखिम बढ्ने भन्दै निधिलाई मिलाउन पार्टीका नेताहरुले सुझाव इिरहेका छन् । तर यसपाली निधि देउवालाई सहयोग गर्न तयार नभएको उहाँनिकट नेताहरुले बताइरहेका छन् ।देउवाको नेतृत्व उपयुक्त हुने भन्दै टिम मिलाएर अघि बढ्न सुझाव दिएको नेता विश्वकर्माको भनाइ छ । महाधिवेशनको मिति तय भएसँगै पार्टी सभापतिका आकांक्षीहरुको दौडधुप पनि सुरु भएको छ ।

सभापतिमा देउवा सहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला, र प्रकाशमान सिंह पनि पार्टी सभापतिका लागि आकांक्षी देखिनु भएको छ ।

 

Nabintech