• १५ चैत्र २०८०, बिहीबार
सरकारले असार २५ गतेसम्म कर तिर्न गर्यो ताकेता (सूचनासहित)

चैत र वैशाख महिनाको कर दाखिला गर्नुपर्ने



काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्म कर विवरण तथा कर दाखिला गर्ने म्याद तोकेको हो ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर असार २५ गतेसम्म बुझाउनसक्ने विभागले जनाएको छ।
यसैगरी आयकर, अन्तस् शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको छ।
सर्वोच्च अदालतले गत जेठ ५ गते निषेधाज्ञा जारी रहेको अवस्थामा कर बुझाउन आउन नसक्ने भएकाले निषेधाज्ञा खुलेको ३० दिनभित्र बुझाउने व्यवस्था गर्न र उक्त अवधिसम्मका लागि जरिवाना नलिन आदेश दिएपछि सरकारलाई कर उठाउन समस्या परेको थियो।

उक्त फैसलाको विरुद्धमा अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेको थियो। मंगलबार सर्वोच्चले यसअघिको फैसला परिवर्तन गरिदिएपछि सरकारलाई कर उठाउने बाटो खुलेको थियो।

‘एक न्यायाधीशको इजलासबाट ‘कर वितरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु/नगराउनु, बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्नेगरी आवश्यक व्यवस्था मिलाउनु’ भनी भएको आदेश परिवर्तन गरी विपक्षी अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु, नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४९ (२) (३) बमोजिम यो आदेश गरिएको छ,’ मंगलबारको आदेशमा भनिएको छ।

सर्वोच्चको उक्त आदेशसँगै राजस्व विभागले आज कर दाखिला गर्ने म्याद थप गर्ने सूचना प्रकाशित गरेको हो।

हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना :

Nabintech