नेपाली कांग्रेस बाजुराको जिल्ला सदस्यमा दिपेशजंग शाही र पूर्ण बहादुर शाही मनोनित


बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुराको जिल्ला सदस्यमा दिपेशजंग शाही र पूर्ण बहादुर शाही मनोनित हुनुभएको छ ।

जिल्ला सभापति कविराज पण्डितले जिल्ला कार्यसमिती विस्तार गर्ने क्रममा स्वामीकार्तिक खापर गाँउपालिका वडा नंम्वर -३ निवासी युवा नेताद्धय दिपेशजंग शाही र पूर्ण बहादुर शाहीलाई जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको हो ।

बुधबार सभापति पण्डितले मानोनित गरि नेपाली कांग्रेस पार्टीको संगठन विस्तार र पार्टीको हितमा काम गर्न शुभकामना पनि प्रदान गर्नुभएको छ ।

Nabintech