रक्तदान कार्यक्रमको १५ औं दिनमा आदर्श नव युवा क्लव,अभियानमा जोडिन अध्यक्ष खड्काको आग्रह


धनगढी। कोरोना महामारीको दोस्रो लहरका कारण असस्पतालमा विरामीको चाप बढेसंगै रगत अभावको समस्यालाई मध्यनजर गर्दै धनगढीको आदर्श नव युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रमको १५ दिनसम्म १ सय ९० जनाले रक्तदान गरेका छन् ।

कोरोना संक्रमणका कारण विरामीलाई रगतको अभाव भएपछि आदर्श नव युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रम आयोजना गरीएको हो ।

कोरोना संक्रमण तथा अन्य विरामीहरु पनि रगत नपाएर छटपठाई रहेका विरामीलाई रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष निराजन खड्काले जानकारी दिनुभयो ।
उहाँले कोरोना महामारीमा रगत अभाव हुन नदिनका लागि रक्तदान,जिवनदान भन्ने नारालाई आत्मसात गर्नै यस अभियानमा जोडिनका लाग आग्रह गर्नुभएको छ ।

Nabintech