• १४ बैशाख २०८१, शुक्रबार
अस्पताललाई बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन सरकारको निर्देशन


काठमाडौं । सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउनसक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्यधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।

नेपालमा तेस्रो र चौथो लहर आउँदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापनसहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुनेगरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

 

Nabintech