कामचलाऊ प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन,राजेन्द्र महतो उपप्रधानमन्त्री (सूचीसहित)

जसपाबाट को-को भए मन्त्री ? 



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् । शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् ।

मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् । स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनेछन् ।

जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाका १० जना नेता मन्त्रिपरिषद्मा सहभागी हुन लागेका हुन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।

जसपा नेता केशव झाका अनुसार जसपाबाट शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछन् ।

जसपा नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।

Nabintech