• १३ बैशाख २०८१, बिहीबार
दैनिक ज्यालादारी मजदुरको सहयोगी बन्दै धनगढीका युवा


धनगढी । कोराना महामारीको दोस्रो लहरक नियन्त्रणका लागि गरिएकाको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्न नपाएका मजदुरलाई धनगढीका युवाले खाद्यान्न सहयोग गरेका छन् ।
निषेधाज्ञाका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका वडा नम्वर १ बसन्तटोलका १२ घर धुरीलाई खाद्यान्न सहयोग गरीएको युवा समाजसेवी विकास चन्द ठकुरीले बताउनुभयो ।

समाजसेवी ठकुरी र प्रेम मल्लको पहलमा सोमबार वडा नम्वर १ बसन्तटोल, कमैयाबस्तीका करिव १२ घरधुरीलाई चामल,दाल तेल, सरफ, सावुन, नुन वितरण गरीएको छ ।
निषेधाज्ञाका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको खबरपछि सहयोगी अन्य साथीहरुको सहयोगमा निषेधाज्ञा नखुल्दासम्म राहत वितरण गरीने समाजसेवी चन्दले बताउनुभयो ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्वर १ बसन्तटोलकी मृगौला पिडित धना देवी विकको उपचारमा सहयोग गरीेने चन्दले बताउनुभएको छ ।

मृगौला पिडित विक आफैले उपचार खर्च जुटाउन नसक्ने हुदा अन्य सहयोगी हातलाई पनि यस अभियानमा जोडिनका लागि चन्दले अपिल गर्नुभएको छ ।

Nabintech