• ११ बैशाख २०८१, मंगलवार
कोरोना प्रभावित उद्योग-व्यवसायीलाई आयकरमा छुट

सासंद विकास कोष कार्यक्रम खारेज



काठमाडौं ।सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७७र७८ को आयबाट हुने आयकरमा छुट दिइने घोषणा गरेका हुन्।

जसअनुसार वार्षिक २० लाखसम्मको कारोबार गर्ने उद्योगी व्यवसायीले ९० प्रतिशत छुट पाउने छन्।

त्यस्तै, वार्षिक २० देखि ५० लाख रुपैयाँसम्मको कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।

त्यस्तै कोरोनाबाट अति प्रभावित भएका होटल, ट्राभल ट्रेकिङ, यातायात, हवाई सेवा, चलचित्र उद्योग र संचार गृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरिएको छ।

सासंद विकास कोष कार्यक्रम खारेज

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त कार्यक्रम खोरेज गरेका हुन् ।

गत आर्थिक वर्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सांसदको लागि ६ करोड रुपैयाँको दरले बजेट विनियोजन भएको थियो । तर, अहिले संसद् विघटन भएको छ । संसद् नभएको अवस्थामा प्रतिनिधिसभा सदस्य पनि छैनन् ।

 

Nabintech