• १४ बैशाख २०८१, शुक्रबार
एमाले अध्यक्ष केपी ओलीको सुदुपश्चिमका माओवादी मुख्यमन्त्री ढाल्ने योजना सफल भएन्

एमाले सासंदले नै भने अहिले सरकार ढाल्ने र बनाउने समय होइन्



काठमाडौं। सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

सोमबार एमाले स्थायी कमिटीको वैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो ।

केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपछि बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो।बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले केन्द्रको निर्णय लत्याउदै त्यसको विपक्षमा निर्णय गरेको हो ।

अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको सासंद पूर्णा जोशीले जानकारी दिनुभयो । उहाँले समर्थन फिर्ता लिए पनि तुरुन्तै नयाँ सरकार गठन गर्न कठिन हुने भएपछि यस्तो निर्णय गरेको बताइन्। बैठकले कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ।

सुदुरपश्चिम प्रदेश सभाका ५२ जना प्रदेश सदस्यमध्ये एमालेका २५ जना सांसद छन्। जसमध्ये सभामुख बाहेक २४ सासंद रहन्छन् । २४ मध्ये पनि १८ माधव नेपाल समूहका सासंसद रहेका छन् भने ६ जना मात्रै ओली समूहका रहेका छन् ।

सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। माओवादीका १३ सांसद छन् । काँग्रेसमा १२ सांसद छन् । यी दुई पार्टी मिल्दा सरकार बनाउन थप २ जना सांसद आवश्यक पर्छ । २ जना सांसद जसपा सँग छ । जसपाभित्रै २ जना उपेन्द्र यादव समूहका छन् ।

त्यस कारण पनि एमाले ओली इतरको गठबन्धनमा उनीहरु सहभागी हुन सम्भावना कम छ । यी सबै कारण गर्दा तत्काललाई मुख्यमन्त्री त्रिलोचन भट्ट सरकारलाई नै निरन्तरता दिने अनुमान गरीएको छ ।

Nabintech