प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटको सुनुवाइ जेठ १३ गतेबाट

अन्तरिम आदेश माग गरिएका १९ वटाको १३ र ११ वटाको १४ गते सुनुवाइ



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा  मंगलबारसम्म  ३० रिट परेको सर्वोच्च  प्रशासनले जनाएको छ ।

यस्तै अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई जेठ १३ गते बिहीबार र संवैधानिक इजलासमा पेस हुने गरी दर्ता भएका ११ रिटको सुनुवाइ १४ जेठमा तोकिएको छ ।
यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ पनि शुक्रबार नै हुनेछ ।

रिटमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको हो । यसअघि सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो ।

Nabintech