• ११ बैशाख २०८१, मंगलवार
मृत्युको नग्न नृत्य !


मृत्युको नग्न नृत्य
***********
 सरकार अब एक काम गर
जोडा मिलाउ
भोक र रोगहरुको
शरीर पनि एक पेट पनि एक र,
 रोग पनि एक भएको छ
शब्द संगको निपात मात्रै फरक हुन्
ज्यानलाई उसैगरी दुखेको छ
उसैगरि धन्न धन्न बाचेको छ  कैयौं ज्यानहरु
भोकको छाकलाई टार्दै
अक्सिजनको अभावमा
आधा श्वास लिदैछ ज्यान
आधा बचाउनलाई
किन्न नसकेपछी सिलिन्डर
हारेको छ मृत्यु संग
मृत्यु सहज थिएन महोदय,
जीवन खोज्दा खोज्दै
 मृत्यु उपहार दिएकोछ
महामारिले
बञ्चित छन् स्नेह काखहरु
बञ्चित छन् हातहरु
अन्तिम बिदाई छ आज
मलामी कम  लास खिच्नेको भिड छ
जुन परिवारलाई मलम कम नुन ज्यादा बनिनेछ
बिक्ने छ मेरो लास
मेरो मृत्युको कारण
र देखाईने छ अन्तिममा मेरा
 भौतिक शरीर र खरानि बिचको बृहत चित्र
र हेर्ने छ सरकार  मृत्युको नग्न नृत्य !!
बिनिता  (झापाकी युवा कवियित्री )

Nabintech