• १४ बैशाख २०८१, शुक्रबार
जसपा विवाद:महन्थ–उपेन्द्रको सहमति विचोलियो,राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति विथोलिएको छ ।

दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । पत्र सचिवालयमा दर्ता भइसकेको छ ।

यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए । तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका हुन् ।

सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।

Nabintech