प्रधानमन्त्री शपथ विवाद :’त्यो पर्दैन’ भन्दै ओलीले लिएको शपथ रोक्न सर्वोच्चद्वारा अस्वीकार !

१५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले ती रिटमा अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश दिएको रिट निवेदक लोकेन्द्र वलीले जनाकारी दिनुभयो ।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट दायर गर्नुभएको थियो ।

यस्तै आदेशमा शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । प्रधानन्यायाधीश जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

 

 

Nabintech