• १४ बैशाख २०८१, शुक्रबार
नयाँ सरकार बनाउन माधव नेपाल समूहको पनि सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपाको महन्त ठाकुर समूहसँगै नेकपा एमालेको माधव ने नेपाल पक्षको सहयोग लिने निर्णय गरेको छ ।
कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ ।

त्यसका लागि सिंगो जसपाका साथै एमालेको असन्तुष्ट माधव नेपाल समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

डा. महतले भन्नुभयो, सकेसम्म जसपा सिँगै साथमा लिने प्रयास हुने भन्दै उनले भने–हामीलाई पर्सिसम्मको समय छ । एमालेमा पनि माधवजीहरुले केही निर्णयमा पुग्नुहुन्छ । जसपमा सिंगै हाम्रो पक्षमा आउने प्रशस्त सम्भावना छ । यो प्रयत्नलाई जारी राख्छौं ।

तीन दल एकठाउँमा आए स्वतस् बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उनले बताए ।

Nabintech