राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको प्रक्रिया लागि आह्वान,तीन दललाई वैशाख ३० सम्मको समय


काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् ।

भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छन् ।

अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९नेपाल० को उपेन्द्र यादव पक्ष सहमत छ ।
प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादीको ४८ र जसपाको ३२ सांसद रहेका छन् । जसपाका १६ जना सांसद मात्रै यादव नेतृत्वको समूहमा छ । आफ्नो नेतृत्वमा सरकार निर्माणको दावी गर्न देउवाले सिंगो जसपाको जसपाको समर्थन लिनुपर्ने हुन्छ ।

संसदमा नेमकिपाको १, राप्रपाको १ र राष्ट्रिय जनमोर्चाको १ सांसद रहेका छन् । ती सबैले समर्थन गर्दा पनि देउवाले जसपाको ३२ मध्ये कम्तीमा २४ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतको समूह यथास्थितिमा नयाँ सरकार गठनप्रक्रियामा सहभागि हुने सम्भावना कम छ ।

जसपाको पूर्ण समर्थन नजुटेको अवस्थामा संसदमा बहुमत पुर्याउन देउवाले नेकपा एमालेभित्र माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षा गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुई भन्दा बढी दलले बहुमतसहित दावी पेश नगरेमा संविधानको धारा ७६ को ३ अनुसार सरकार निर्माणको बाटो खुला हुनेछ । सो धारामा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्ने प्रावधान रहेको छ ।

Nabintech