धनगढी । कोरोना महामारीको दोस्रो भेरियन्टका कारण अस्पतालमा विरामीको चाप बढेसंगै रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना भएको छ ।
धनगढीको हसनपुरमा रहेको आदर्श नव युवा क्लवले कोरोना महामारीका बेला भइरहेको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजन गरेको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजना गरीएको रक्तदान कार्यक्रममा १० जना युवाले रक्तदान गरेको अध्यक्ष खड्काले बताउनुभयो ।