• १६ चैत्र २०८०, शुक्रबार
केपी ओलीले अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाए:शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।केपी ओलीले अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाए:शेरबहादुर देउवा
शनिबार पाटीर्को संसदीय दलको बैठकमा सभापति देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्नुभयो ।
यस्तै बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।
बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

 

Nabintech