• १५ चैत्र २०८०, बिहीबार
जसपामा विवाद:लुम्बिनीका सांसदलाई कारबाही नगरिएको विषयमा जसपाको छुटाछुट्टै पत्र


काठमाडौँ । लुम्बिनी प्रदेशमा आफ्ना सांसदलाई कारबाही गरेको वा नगरिएको छुठाछुट्टै पत्र प्रदेशसभामा पाठाएका छन् ।

जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभाका सासंदलाई पठाएको छ। यस्तै अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी निर्देशनविपरीत अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि ठाकुरले छुट्टै पत्र पठाएका हुन्।

यादवको पत्रअनुसार प्रदेशसभाका ६ मध्ये मुख्यन्त्री शंकर पोखरेल नेतृत्वको सरकाका सहभागी चार जनाको पद रिक्त भइसकेको छ।

बिहीबार प्रदेशसभाले जसपाको केन्द्रीय कार्यकारिणी परिषद र प्रदेससभा संसदीय दलको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्य निष्कासन गरिएको सूचना जारी गरको छ।

तर ठाकुरले बिहीबार नै पार्टीका तफबार्ट कसैलाई कारबाही नगरिएको पत्र पठाएका हुन्। सांसदलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयले जसपाभित्र विवाद भएको छ । अब कस्को पत्र आधिकारिक भन्ने विवाद हुने भएको छ।

एमालेलाई प्रदेशदेखि संघसम्म सहयोग गर्ने किन गर्ने भन्ने विषयमा जसपा विभाजित छ। पूर्व राजपा पक्ष ओलीलाई सहयोग पक्षमा छ भने समाजवादी विपक्षमा उभिँदै आएको छ।

Nabintech