भारतविरोधी नाराबाट झुल्केका केपी ओली,अहिले भारतको टाङमुनि छिरे:शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भावना सुनिश्चित हुनासाथ केपी शर्मा ओली नेतृत्वको सरकार ढालिने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवाले यो सरकार ढाल्ने नै हो तर अझै सम्भावना सुनिश्चित भइसकेको छैन । स्योरसट हुनासाथ सरकार ढाल्ने बताउनुभयो ।

देउवाले माओवादीले अझै पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपा कोतिर उभिन्छ भन्ने प्रष्ट नभएकोले आफूले कदम नचालेको बताउनुभयो । यस्तै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको बताउनुभएको छ । भारतविरोधी नाराबाट झुल्केकाओली, अहिले भारतको टाङमुनि छिरिसकेको टिप्पणी गर्नुभयो ।

यस्तै पार्टीका महामन्त्री शंशाक कोइरालाले पनि केपी ओली सरकार ढाल्नुपर्ने बताउनुभयो । कोइरालाले एमालेका नेता नेपाल र खनाल पक्षले सहयोग गरेमा नयाँ सरकार बन्ने उहाँको भनाइ छ ।

 

 

Nabintech