• १३ बैशाख २०८१, बिहीबार
बंगलादेशसँगको टी–२० सिरिज न्यूजिल्याण्डले जित्यो, यी खेलाडीले बनाए सर्वाधिक रन


काठमाडौं । बंगलादेशविरुद्धको टी–२० सिरिज न्यूजिल्याण्डले एक अगावै जितेको छ । दोस्रो खेलमा बंगलादेशलाई २८ रनले हराउँदै न्यूजिल्याण्डले २–० ले सिरिज जितेको हो ।

वर्षाका कारण ओभर घटाइएको दोस्रो म्याचमा बंगलादेशले १ सय ७० रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

उसका लागि सौम्य सरकारले ५१, मोहम्मद नइमले ३८ र कप्तान महमूदुल्लाहले २१ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।बलिङमा कप्तान टिम साउथी, हमिस बेन्नट, एडम मिल्नेले दुई/दुई र ग्लेन फिलिप्सले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले १७।३ ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो । वर्षाले खेल प्रभावित भएपछि डीएलए मेथडका आधारमा बंगलादेशले १ सय ७० रनको लक्ष्य पाएको हो ।

उसका लागि ग्लेन फिलिप्सले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा २ छक्का र ५ चौकाको मद्दतमा नटआउट ५८ रन बनाए । त्यस्तै, मार्टिन गुप्टिलले २१, फिन एलेनले १७, डेभन कोन्वेले १५, वेलयाङले १४ र डारियल मिचेलले नटआउट ३४ रन बनाए ।

बलिङमा मेहदी हसलने २, मोहम्मद सैफउद्दीन, तस्किन अहमद र शरीफुल इस्लामले एकरएक विकेट हात पारे । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल बिहीबार हुनेछ ।

Nabintech