साउथ सुपरस्टार प्रभाशले किने ६ करोडको कार


साउथ सुपरस्टार प्रभासले ६ करोडको कार किनेका छन् । कयौं सम्पतिका मालिक प्रभास कारको पनि सौखिन छन् । उनको ग्यारेजमा कयौं महँगो गाडीको कलेक्सन छ । उनको फ्यान फ्लोइङ समेत धेरै रहेको छ ।

फिल्मका सुपरस्टार प्रभासको लाइफ स्टाइल पनि सानदार रहने गर्दछ । प्रभासको कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्यान्टम, ५० लाखको बीएमडब्यु एक्स ३, ४ करोडको रेन्ज रोवर र ३० लाखको सेडान कार स्कोडा सुपर्व समेत सामेल रहेको छ ।

यो कलेक्सनमा अर्को एक कारण थपिएको छ । त्यो हो ६ करोडको लेम्बोर्गिनी एवेन्टाडोर एस रोडस्टर । प्रभासले यो कार हालै किनेका हुन् । बुबा सुर्यानारायण राजुको जन्मदिनको अवसर पारेर उनले ६ करोडको यो गाडी किनेका हुन् ।

Nabintech