नेपाल बंगलादेशविरूद्ध २-० ले अगाडि


काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको छ ।

खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो । यस्तै खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका हुन् ।

Nabintech