दाँत स्वस्थ राख्न यी कुराहरु जानीराखौँ


मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं । हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्तौं तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् । दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो ।

मुख सधै कुल्ला गर्ने

खाना खाईसके पछि कुल्ला गर्नु पर्दछ । मुख कुल्ला गर्दा दाँतमा अड्किएका खानाका टुक्राहरु निस्कने गर्दछन् र सड्न पाउँदैन ।

धेरै समय सम्म नरगड्ने

ब्रसले धेरै माझ्दा दाँतको इनामेल जान्छ । यसले गर्दा दाँतको क्षमता र गिजाँमा समेत घाउ आउन सक्ने सम्भावना हुन सक्छ । त्यसैले ब्रस गर्दा बिस्तारै गर्नु पर्दछ ।

राम्रो गुण भयको पेष्ट छनौट

दाँत माझ्न प्रयोग गरिने पेस्ट सही गुण भएको हुनु पर्दछ । बजारमा पाइने क्र्त्रिम पेष्टको सट्टा चिकित्सकको परामर्शमा आफ्नो दाँत अनुकुलको पेष्ट लिनु राम्रो हुन्छ ।

नरम ब्रसको प्रयोग

नरम ब्रसले दाँत माझ्दा राम्रो हुन्छ । हेर्दा खेरि राम्रो देखिने ब्रसले दाँत माझ्दैमा किरा लाग्दैन भन्ने हुँदैन । ब्रसको ब्रिस्टल सानो हुनुपर्छ र राम्रो गुण भयको ब्रसको प्रयोग गर्नु पर्छ।

दाँत माझ्ने तरीका

दाँत माझ्नु भन्दा पहिला खाली ब्रसले दातमा अड्एिको खानाको टुक्राहरु निकाल्नु पर्छ, त्यसपछि एकदाना जतिको पेस्ट लगाएर कम्तिमा पानी १ देखि २ मिनेटसम्म तलमाथि गरेर माझ्नु सकिन्छ ।

सहि ठाउमा ब्रस गर्ने

कतिपय मानिसहरू ट्वाइलेट बस्दा पनि दाँत माझ्ने गर्दछन् । जसले गर्दा दाँत माझ्दा यसले मुख र ब्रस दुबैमा फोहोरी भाइरसको असर पर्न सक्छ । तेसैले दाँत माझ्दा सहि स्थान गर्नु पर्दछ ।

दैनिक दिनमा दाँत माझ्ने

पटक पटकमा दाँत माझ्ने गर्नु पर्छ दैनिक रुपमा दाँत माझ्नाले स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। हामीले बिहान मात्र दाँत माझ्ने भन्ने हुँदैन । दाँतलाई अनिवार्य रुपमा बिहान बेलुकाको खानापछि माझ्नु पर्दछ । एजेन्सी

Nabintech