• १५ चैत्र २०८०, बिहीबार
वायु प्रदूषणका कारण चार दिन विद्यालय बन्द, सवारीमा पनि जोरविजोर


काठमाडौं । सरकारले चारदिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।शुक्रवारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न बढेको वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

। यस्तै सडकमा सवारी चाप घटाउन र धुवाँ धुलोबाट राहत दिलाउन चार दिनका लागि सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । यातायात मन्त्रालयले स्रोतका अनुसार, शुक्रबारसम्म यो प्रणाली लागू हुनेछ ।

Nabintech