• ७ बैशाख २०८१, शुक्रबार
शुक्रबारदेखि सर्वसाधारणले रुरु जलविद्युतको आईपीओमा आवेदन दिन सक्ने


काठमाडौं । यही शुक्रबारदेखि सर्वसाधारणले आईपीओमा आवेदन दिन पाउने भएका छन् । सर्वसाधारणले प्रतिकित्ता १२० रुपैयाँमा रुरु जलविद्युतको आईपीओ भर्न पाउने भएका हुन् ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयरमा चैत्र २४ गते सम्म आवेदन दिन सकिने छ भने यसलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

Nabintech