यी तीन लघुवित्त आईपीओ निष्कासन गर्दै


काठमाडौं । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् । जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।

मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

Nabintech