• १३ बैशाख २०८१, बिहीबार
‘कविर सिंह’ पछि महगो बनेकी कियरा


काठमाडौं । बलिउड नायिका कियरा अडवानीको अहिले बलिउडमा खुबै चर्चा छ । उनले खेलेको चलचित्र चलचित्र ‘कविर सिंह’ले दर्शकको खुबै मन जित्यो । कियरालाई बलिउडमा स्थापित गराउने चलचित्र नै बन्यो कविर सिंह ।

चलचित्र ब्लकबस्टर भएपछि कियराले निर्माता मुराद खेतानीकै ब्यानरमा बनेको चलचित्र ‘भूल–भूलैया २’मा पनि काम गरिन् । अहिले उनै खेतानीले बनाउन लागेको महिला केन्द्रित चलचित्र मा कियरालाई अफर गरेका थिए तर उनले भने काम नगर्ने भएकी छिन् । उक्त चलचित्र सानो बजेटमा बन्दै छ ।

‘कविर सिंह’ को चर्चा पछि बीग बजेटका चलचित्रमा काम गरिरहेकी कियरा सानो बजेटको चलचित्रमा काम गरि जोखिम नलिने सोचमा छिन् । ठूला प्रोजेक्टहरुमा काम गर्दै अगाडि बढिरहेकी कियरा बलिउडकी सर्वाधिक माग भएकी नायिका हुन् । उनी महिला केन्द्रित कथामा निर्माण हुन लागेको चलचित्र ‘कर्याम कुरुम’मा काम गर्दैछिन् ।

Nabintech