अय्यरको स्थानमा शूर्यले खेल्ने, यस्तो छ दोस्रो वानडेका लागि सम्भावित प्लेइङ–११


काठमाडौं । भारत र इंग्ल्याण्डबीचको दोस्रो वानडे म्याच भोलि हुँदैछ । यी दुई टिमबीचको म्याच नेपाली समय अनुसार १ः४५ देखि पुणेमा सुरू हुनेछ ।

भारतीय टिमको प्लेइङ–११ केही खेलाडी परिवर्तन हुने सम्भावना छ । सिरिजको पहिलो वानडे म्याचमा श्रेयस अय्यर घाइते भएका थिए । उनी फिल्डिङका क्रममा घाइते भएका हुन् ।

चोटका कारण अय्यर सिरिजको बाँकी म्याच गुमाउने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अय्यर अब ६ हप्ताका लागि मैदानमा उत्रिने छैनन् ।

उनी टिमबाट बाहिरिएपछि अय्यरको स्थानमा सूर्यकुमार र ऋषभ पन्तमध्ये एकले मौका पाउन सक्छन् । भारतीय टिमका उपकप्तान रोहित शर्मा पनि पहिलो वानडे म्याचमा घाइते भएका थिए । तर, उनको चोट सामान्य रहेको बताइएको छ ।

रोहित दोस्रो म्याच खेल्न तयारी रहेका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय टिमको आपनिङको जिम्मा रोहित शर्मा र शिखर धवनले सम्हाल्ने छन् ।

तेस्रो स्थानमा कप्तान कोहली, चौथो स्थानमा सूर्यकुमार यादव खेल्न सक्छन् । त्यस्तै, पाँचौ स्थानमा केएल राहुल खेल्न सक्छन् । छैटौँ स्थानमा फिनिसरको रूपमा हार्दिक पान्ड्या खेल्ने छन् ।

सातौँ स्थानमा कुणाल पान्ड्या, आठौँ स्थानमा शार्दुल ठाकुर, नवौँ स्थानमा भुवनेश्वर कुमार, दशौँ स्थानमा प्रशिद्ध कृष्णा र ११औँ स्थानमा कुलदीप यादव वा युजवेन्द्र चहलमध्ये एकले अवसर पाउन सक्छन् ।

भारतको सम्भावित प्लेइङ–११: शिखर धवन, रोहित शर्मा, विराट कोहली (कप्तान), सूर्यकुमार यादव, केएल राहुल (विकेटकीपर), हार्दिक पान्ड्या, कुणाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, प्रसिद्ध कृष्णा र कुलदीप यादवरयुजवेन्द्र चहल ।

Nabintech