अम्बा स्वास्थ्यको लागी निकै फाइदाजनक


काठमाडौं ।अम्बा धेरैजसो सबैलाई मन पर्ने फल हो । खाँदा निकै मिठो हुने अम्बा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक पनि छ । नेपालका धेरैजसो सबै स्थानमा सजिलै पाइने अम्बा धेरैले खाएकै हुन्छन । तर यसको फाइदा बारे भने थाहा नहुन सक्छ । अम्बामा भिटामिन ए,बी र सी प्रशस्त मात्रामा पाईने गर्छ ।

अम्बाको सेवनले हाम्रो पाचन प्रणलीलाई पनि राम्रो गर्छ । शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन अम्बा खानु निकै आवश्यक छ । यसले शरिरमा हुने भिटामिन सि को कमिलाई हटाउन सहयोग गर्छ । अम्बा गर्भवती महिलाहरुका लागि पनि निकै लाभदायक छ ।

यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ । यसको सेबनले आँखा सम्बन्धी समस्या पनि हटाउछ । अम्बाको सेवन गर्नाले रतन्धो हुन बाट पनि बचिन्छ । मधुमेहका रोगीका लागी पनि अम्बा खानु आवश्यक छ । अम्बाको पातमा पनि औषधीय गुण हुन्छ ।

अम्बाको पातले झाडापखाला समेत ठिक हुन्छ । झाडा’पखला लागेमा अम्बाको पात ३० ग्राम, एक मुठी चामल पिठो र दुई गिलास पानी मिसाइ उमालेर पिएमा पनि धेरै ठिक हुन्छ ।

Nabintech