• १३ बैशाख २०८१, बिहीबार
मायाखोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल गर्यो नियुक्त


काठमाडौं । मायाखोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले बिहीबार क्यापीटलसंग सम्भौता गरेको हो । सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

मायाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

Nabintech