संक्रमण बढेसंगै विद्यालयलाई सावधानी अपनाउन सरकारको आग्रह


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै सरकारले विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी शिक्षण संस्था लाई सावधानी हुन् भनेको हो ।

मन्त्रालयले विद्यालयहरुमा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यस्तै विद्यालयमा भिडभाड नहुने गरी पठनपाठन सञ्चालन गर्न, वार्षिक उत्सव, सभा, समारोह नगर्न पनि भनेको छ ।

सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण रुपमा लागु अनुशरण गर्न पनि आग्रह गरिएको छ ।

Nabintech