• १४ बैशाख २०८१, शुक्रबार
मध्यपहाडी राजमार्गको मादीमा काम सुरु


काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ ।

गाउँपालिकाका विभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान, काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए ।

सो खण्डमा कूल १६ किलोमिटर दूरी रहने जनाउँदै उनले लोकमार्गअन्तर्गतका बिभिन्न ठाउँमा काम तीव्ररुपमा अघि बढेको उल्लेख गरे । उनका अनुसार लोकमार्गको कास्की, बाग्लुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त खण्डका विभिन्न १२ ठाउँबाट काम भइरहेको उनले जानकारी दिए ।

मध्य पहाडी क्षेत्रका सर्वसाधारणको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएको लोकमार्गको काम थालिएसँगै मादी र आसपासका स्थानीयमा खुशी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिए ।

Nabintech