वैकल्पिक सरकार बनाउन कांग्रेस इच्छुक नहुदा ओली सरकार ढल्ने सम्भावना तत्काललाई टर्यो

पार्टीभित्र सरकार निर्माण भन्दा पनि अर्लि चुनावका पक्षका बहुमत बढ्यो



काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वैकल्पिक सरकार निर्माणमा ईच्छुक नदेखिएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार नढल्ने करिव पक्कापक्की जस्तै देखिएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको हो ।  कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस विपक्षमा बस्ने घोषणा गरेसंगै नयाँ सरकार तत्कालै नबन्ने सम्भावना बढेर गएको छ।

अर्को विपक्षी पार्टी (जसपा) पनि सत्तासमीकरणका विषयमा अनिर्णीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन कांग्रेस,माओवादी केन्द्र र जसपा एकै ठाउँमा उभिनुपर्छ । यी तीन दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रस्ट रुपमा बताइसकेका छन् ।

माओवादी केन्द्रले तीन दलबाट संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गर्ने कुरा बताउदै आएपनि माओवादीले सरकारको समर्थन र्फिता नलिदा प्रधानमन्त्री ओली नै सत्तामा टिकिरहेने प्रष्ट वस्तै भएको छ । कांग्रेसले अविश्वास प्रस्ताव ल्याउने परिपक्व समय भनएको कांग्रेस नेता रमेश लेखले बताएका छन् । भएको छैन् भन्ने भनाइ राख्दै आएको छ। उचित समयमा निर्णय लिने बताएउदै आएको कांग्रेसले सरकारमा जाने इच्छा नदेखाएको प्रष्ट देखिन्छ ।

प्रधानमन्त्री ओलीलाई हटाउन माओवादीले सरकारलाई समर्थन फिर्ता लिनुपर्छ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसके मात्रै सरकारबाट हट्ने छन् । तर माओवादीले आफुले समर्थन फिर्ता लिए संसद र संविधानमाथि नै प्रहार हुने हुदा आफु संसदलाइ ५ बर्ष टिकाउन पनि समर्थन फिर्ता लिने कुरामा नैतिक संकटमा परेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।

यता जसपाले पनि कांग्रेसले अविश्वास प्रस्ताव नल्याउने घोषणा गरिसकेपछि वैकल्पिक सरकार बन्ने सम्भावना नभएको प्रतिक्रिया दिइसकेको छ। सरकार निर्माण गर्ने पक्षमा भन्दा पनि आफ्ना मुद्दा सम्बोधन गर्न सक्ने पक्षलाइ साथ दिने जसपाको रणनीती रहेको छ।

माओवादी केन्द्रले समर्थन फिर्ता नलिदा तीन दलको गठबन्धनमा वैकल्पिक सरकार बन्ने सम्भावना कमै देखिएको छ वैकल्पिक सरकार बन्न सकेन भने मुलुक तत्कालै निर्वाचनतिर धकेलिने सभ्मावना बढेर गएको छ।

Nabintech