• १६ चैत्र २०८०, शुक्रबार
भोजन पर्यटनलाई प्रर्वधन गर्न व्रन्च फेष्ट २०७७ आयोजना हुदै

५ सयमा १२ देखि १५ ओटा सम्म परिकारको स्वाद लिन पाउने



काठमाडौं । नेपाली खानाको भोजन पर्यटन विकास गर्न  व्रन्च फेष्ट २०७७ आयोजना हुने भएको छ ।
ग्याँसट्रोमी एशोसियसन अफ नेपाल र हानकुक सारुङ कोरीयन रेष्टुरेन्ट ठमेलको संयुक्त आयोजनामा उक्त फेस्ट आयोजना गरीने भएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली रैथाने खाना प्रवर्धनका लागि नेपालमै पहिलो पटक उक्त फेस्टिवल आयोजना गरीएको एशोसियसनका अध्यक्ष सुरेश चन्द्र बस्नेतले बताउनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गदै अधयक्ष बस्नेतले भन्नुभयो, नेपाली परम्परागत खाना दाल, भातको मेनुसंगै अन्य विभिन्न नेपाली जातीय तथा क्षेत्रगत खानालाई यस फेस्टले व्रन्च मेनुको विकास गरी नया पन दिलाउनेछ ।
अघि थप गर्दै, फेष्टको सुरुवा मा व्रन्च नेपाली ब्रेकफास्ट र लन्च मेनुबाट सुरुपात गरीने छ भने साथै कोरीयन खानालाई पनि पनि उक्त फेस्टमा संगसंगै लैजाने कार्यक्रम रहेको छ ।

यस्तै उक्त कार्यक्रममा फेस्टमा सहभागि भिजिटरले मात्र रु ५ सयमा १२ देखि १५ ओटा सम्म परिकारको स्वाद लिन पाउनेछन् । उक्त कार्यक्रममा सातै प्रदेशका विभिन्न जातजातिका खानाका परिकार राखिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

Nabintech