पठाओ राइडरले पठाओ लेखिएको लुगा लगाउन नपाउने


काठमाडौं । पठाओ भनेर चिनिने ज्याकेट तथा पिपिई लगाएर राइडरहरुले यात्रु ओसारपसार गर्न नपाउने भएका छन् ।

खासगरी अहिले भइरहेको अफलाइन विकृति रोक्न साइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने कपडा लगाउन प्रतिवन्ध लगाइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारबाट लागु हुने गरी यो नियम लागू भएको छ ।राइडरले पठाओ भनेर चिनिने लुगा लगाएकै कारण अफलाइन विकृति फैलिएको थियो ।

ज्याकेटकै कारण पनि ट्याक्सी चालकबाट हमला भएको भन्दै सुरक्षाको हिसाबले पनि यस्तो नियम लागु गरिएको पठाओले जनाएको छ ।मंगलबार एक विज्ञप्ती जारी गर्दै पठाओले सेवा अवरुद्ध नहुने जनाएको छ ।

Nabintech