• १३ बैशाख २०८१, बिहीबार
दाहिजो नल्याएको निहुँमा आफ्नै बुहारीलाई आगो लगाउने ससुरा ७ बर्षपछि प्रकाउ, श्रीमान् र सासु अझै फहार


काठमाडौं । सात वर्षअघि दाहिजो नल्याएको निहुँमा आफ्नै बुहारीलाई आगो लगाउने ससुरा ७ बर्षपछि प्रकाउ परेका छन् ।

बाँके लक्ष्मणपुरकी २३ वर्षिय रिहाना शेष ९ढपालीण् दाईजोको निहुँमा बुहारीको शरिरमा मट्टीतेल छर्कि आगो लगाइ फहार भएका ७५ वर्षिय ससुरा हनिफ शेष पक्राउ परेका हुन ।

शेषलाई नरैनापुर गाँउपालिका वडा नं। १ सुईयाबाट ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बसन्त गौतम नेतृत्वमा खटिएको प्रहरी टोलीले शेषलाई प्रकाउ गरेको हो ।
२०७० चैत्र २ गते बाँके लक्ष्मणपुरकी २३ वर्षिय रिहाना शेष ९ढपालीण् को शरिरमा मट्टितेल छकिएर आगजनी गरीएको थियो ।

दाईजोको निहुँदा आफ्नी छोरीमाथी आगजनी गरीएको भन्दै रिहानाका बुवा मोहम्मद समिम शेषले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा शेषलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न रिहानका श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँ भने फरार नै रहेका छन् ।

यस्तो थियो घटना :

रिहानाका श्रीमानले रिहानाका घरपरिवारसँग दाईजो वापत मोटरसाईकल र नगद माग गरेका थिए । उनिहरुको माग गरे अनुसार दाईजो नपाएपछि रिहाना सुतिरहेको स्थानमा मट्टितेल छर्कि आगो लगाईएको थियो । घटना घटीसकेपछि रिहानालाई उपचारकालागि भारत लगिएको र घटनालाई लुकाउने प्रयास गरीएको प्रहरीले जनाएको छ ।

भारतमा केही समय उपचार गरेपछि घरमा ल्याई माईती पक्षलाई जानकारी गराएपछि रिहानाका माईति पक्षले प्रहरीमा जाहेरी दिएका थिए । घटना बाहिर आएपछि रिहानालाई तत्काल भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।

पति फरिद शेषले रिहानालाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइदिएका थिए । विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको निहुँमा उनीमाथि त्यस्तो दुर्व्यवहार गरिएको थियो । सासु, ससुरा समेतको उक्साहटमा रिहानालाई उनका पतिले जलाएका थिए । शरीरको तल्लो भाग पूरै जलेर सख्त घाइते रिहानाको पेटमा रहेको बच्चासमेत खेर गएको थियो । बिभिन्न संघसंस्थाको ६ महिना काठमाडौँमा उनको उपचार भयो । उनी अहिले माईतमै बस्दै आएकी छन ।

Nabintech