डेब्यू म्याचमा कुणालले बनाए अर्धशतक


काठमाडौं । इंग्ल्याण्डविरुद्ध सिरिजको पहिलो वानडे म्याचमा दुई भारतीय खेलाडीले डेब्यू गर्ने मौका पाए । फास्ट बलर प्रसिद्ध कृष्णा र अलराण्डर कुणाल पान्ड्याले डेब्यू गरेका हुन् ।

डेब्यू खेलमा कुणालले अर्धसतक पुरा गरेका छन् । उनले २७ बलमा अर्धसतक पूरा गरेका हुन् । म्याच सुरू हुनुभन्दा पहिले डेब्यू टोपी दिँदा कुणाल भावुक हुँदै रोएका थिए । डेब्यू टोपी समातेपछि पान्ड्याले आकाशतिर देखाउँदै आफ्ना बुबालाई सम्झिएका थिए ।

उनका बुबाको निधन दुई महिनाअघि भएको थियो । कुणाललाई डेब्यू टोपी उनका भाई हार्दिक पान्ड्याले दिएका थिए । त्यसपछि कुणाला र प्रसिद्धलाई पूरा भारतीय टिमले बधाई दिएको छ ।

कुणालले भारतीय टिमका लागि टी-२० क्रिकेटमा पहिले नै डेब्यू गरि सकेका छन् । आज उनले वानडे क्रिकेटमा पनि डेब्यू गर्ने मौका पाएका छन् ।

 

Nabintech