• १४ बैशाख २०८१, शुक्रबार
सिंगटी हाइड्रोको आईपीओ भर्ने मंगलबार अन्तिम दिन, सोमबारसम्म १२ लाख २२ हजार दिए आवेदन


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आईपीओमा लगानीकर्ताहरूको आवेदन दिने क्रम बढ्दो छ ।

सोमबार साँझ ५ बजेसम्ममा १२ लाख २२ हजार ८ सय ३२ जना आवेदकले एक अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ बराबरको एक करोड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो सर्वसाधारणका लागि निष्कासन गरिएको २६ लाख ४० हजार कित्ता भन्दा ७.१४ गुणा बढी आवेदन हो ।

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

 

Nabintech