• १५ चैत्र २०८०, बिहीबार
हिमालयन हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न पायो ‘एनपी आइआर बीबी प्लस’ रेटिङ


काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

 

Nabintech