• १६ चैत्र २०८०, शुक्रबार
शेयरबजार बलियो मनोविज्ञानका साथ बन्द हुन सफल !


काठमाडौं । आजको बजारले २५०० को मनोवैज्ञानिक प्रतिरोधलाई तोड्दै नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले वृद्धि हुँदै २५३८.४६ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २ दशमलव ५६ प्रतिशतले वृद्धि भएकोमा ५ अर्ब ९१ करोडको शेयर कारोवार भएको छ ।

कारोवार रकम भने केही वृद्धि भएको छ । बजार वृद्धि भएको बेला कारोवार रकमले पनि साथ दिनुलाई सकारात्मक मानिन्छ । आजको बजारको ग्राफ हेर्दा बजारको मनोविज्ञान बलियो रहेको प्रस्ट देखिन्छ ।

आज सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । होटेल उपसुचकमा ५ दशमवल ३६ प्रतिशतको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनीको उपसुचकभने ४ दशमवल ५९ प्रतिशतले वृद्धि भएको थियो । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा भने सामान्य वृद्धिमात्र देखिएको छ।

दोश्रो बजार २४९४ को विन्दुमा खुलेकोमा २४९२ को न्यून विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २४३८ रहेको छ ।

आज सर्वाधिक कारोवार हुने कम्पनीहरु 

 

आज सर्वाधिक कमाउने कम्पनीहरु 

आज सर्वाधिक गुमाउने कम्पनीहरु 

 

 

 

 

Nabintech