• १४ बैशाख २०८१, शुक्रबार
भारतमा कोभिड–१९ को जोखिम बढेको भन्दै नेपालमा पनि गोष्ठी,सेमिनार नगर्न आग्रह


काठमाडौ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि सभा, सम्मेलन, जुलुस, र्‍याली, भेला, बैठक, जमघट, गोष्ठी, सेमिनार लगायत भीडभाड हुने काम नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको हो ।
नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न र स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।

प्रवक्ता डा। जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिकरभौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

 

Nabintech