• १३ बैशाख २०८१, बिहीबार
नेप्सेमा वोमी लघुवित्तको शेयर कारोबार फुकुवा,मर्जरपछि ५ लाख कित्ता शेयर सूचीकृत


काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । साविकको ग्रामीण स्वयसेवक लघुवित्त संस्थासंग मर्जरपछि कायम हुन आएको शेयर सूचीककरण गरी कारोबार फुकुवा भएको हो ।

वोमी र ग्रामिण स्वयसेवक लघुवित्त १ कित्ता शेयर बराबरको १ को अनुपातमा मर्जर भएका थिए ।

मर्जर पश्चात कायम भएको ५ लाख ७ हजार ४२० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली अनुसार कारोबार गर्न सक्ने गरी सूचीकृत भएको हो ।

यससंगै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का गरेर राखिएको कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा गरेको छ । दुई लघुवित्त बीच मर्जर सम्झौता भएपछि गत भदौ २६ गते देखि दोस्रो बजारमा कारोबार रोक्का भएको थियो ।

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरपश्चात चैत ३ गतेदेखि वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको ।

मर्जरपश्चात बनेको वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४, साँगामा रहेको छ ।

Nabintech