• १५ चैत्र २०८०, बिहीबार
नौ हजार बढि शेयरमूल्य भएका चार कम्पनी, कुनको प्रतिशेयर मूल्य कति ?


काठमाडौं । शेयरबजारमा चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९ हजार बढि रहेको छ । शेयरबजारमा सूचिकृत दुई सय १३ कम्पनीमध्ये सबैभन्दा उच्च मूल्य भएको कम्पनी युनिलिभर नेपाल हो ।

युनिलिभर नेपाल

युनिलिभर नेपालको शेयरमूल्य अहिले १९ हजार ३५० रुपैयाँ छ । जबकी सबैभन्दा उच्च मूल्य हुँदा यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६ हजार रुपैयाँसम्म पुगेको थियो ।

राष्टिय बीमा कम्पनी

यसैगरी दोस्रो उच्च मूल्य भएको कम्पनीमा राष्टिय बीमा कम्पनी रहेको छ । जसको शेयरमूल्य १५ हजार ९२५ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य एक समयमा २२ हजार ८५० रुपैयाँसम्म पुगेको थियो ।

साल्ट ट्रेड कम्पनी

तेस्रो स्थानमा उच्च मूल्य रहेको साल्ट ट्रेड कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य १० हजार ६३० रुपैयाँ रहेको छ ।

बोटलर्स नेपाल तराई

चौथो नम्बरमा बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता ९ हजार १५ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य पनि दश हजार रुपैयाँसम्म पुगेको थियो ।

उच्च मूल्य हुने १६ कम्पनीमा ८ लघुवित्त कम्पनी, ३ वटा माइक्रोफाइनान्स, तीन वटा उत्पादनमुलुक, दुई इन्स्योरेन्स तथा एक एक अन्य र उत्पादन समूहका कम्पनी रहेका छन् । शेयरबजारका सूचिकृत कम्पनीमध्ये दश १३ कम्पनीको शेयरमूल्य मात्रै प्रतिकित्ता दुई हजार माथि रहेको छ ।

 

Nabintech