• १३ बैशाख २०८१, बिहीबार
शुक्रबारदेखि सिंगटी हाइड्रोको आईपीओ खुल्यो, दश देखि दुई लाख कित्ताको लागि आवेदन दिन पाइने


काठमाडौं । सर्वसाधारणको लागि आज चैत ६ गते शुक्रबारदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले बिक्रीमा ल्याएको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लगानीकर्ताको लागि कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्दैछ ?

कम्पनीले कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गर्नेछ । जसमध्येमा २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणको लागि र बाँकी २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।

कहिलेसम्म दिने आवेदन ?

कम्पनीको आइपीओमा लगानीकर्ताले आज चैत ६ गते शुक्रबारदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कति कित्ताको लागि आवेदन दिने ?

कम्पनिले बिक्री खुल्ला गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । पछिल्लो समय निष्कासन भएका सबै कम्पनीको आईपीओमा माग भन्दा धरै गुणा बढि आवेदन परेका थिए । जसले गर्दा एक पछि अर्का कम्पनीको आईपीओमा नयाँ रेकर्ड बने । भर्खरै मात्र आईपीओ निष्कासन गरेको ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा १८ लाख बढिले आवेदन दिएका थिए ।

बिक्री प्रबन्धक को हो ?

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल रहेको छ ।

Nabintech