आजको बजार वृद्धिलाई विश्लेषण गरेर हेर्दा !


काठमाडौं । आज नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले वृद्धि हुँदै २४७५ दशमलव ०७ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ७७ प्रतिशतले वृद्धि भएकोमा ४ अर्ब ६४ करोडको शेयर कारोवार भएको छ ।

दोश्रो बजार २४४८ को विन्दुमा खुलेकोमा २४७६ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २४४१ रहेको छ । आज कारोवार रकम पनि अघिल्लो कारोवार दिनको तुलनामा केही वृद्धि भएको छ ।

बजार वृद्धि हुने दिन कारोवार रकम वृद्धि हुँदै जानुलाई बजारको वृद्धि दिगो हुने आकँलन गर्न सकिन्छ । त्यस्तै आजको ग्राफ हेर्दा पनि सकारात्मक प्रवित्ति नै रहेको छ । बजारले आज पनि २४७६ को विन्दुलाई प्रतिरोध बनाएको छ । ईण्ट्राडेमा बजार २४७६ सम्म पुगे पनि बजार बन्द हुँदा भने २४७५ को विन्दु मुनी नै बन्द भएको छ । तर अन्तिम समयमा भने बजारले माथिल्लो दिशा समात्न प्रयास गरेको थियो ।

आज ट्रेडिङ्ग उपसुचक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । सबै भन्दा धेरै जीवन बीमा उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ। वाणिज्य बैंक उपसुचकमा पनि शुन्य दशमलव ९७प्रतिशतको वृद्धि देखिएको छ।

४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मार्दि, चन्द्रागिरी हिल्स र नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज सर्वाधिक कारोवार हुने  कम्पनीहरु

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। नबिल बैंकसँग मर्जरको हल्लाले यस बैंकको शेयर कारोबार बढेको हो।

सो बैंकको यस दिन ७६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

 

Nabintech